Saturday, August 15

सशस्त्र प्रहरीका डीएसपी र इन्स्पेक्टर गरी २१ जनको सरुवा

नेपालअखबार, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले ४ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र बाँकी निरीक्षक गरी २१ जनाको काज सरुवा गरेको छ ।

Advertisement

सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागका अनुसार साउन २९ गतेको निर्णयबमोजिम यी अधिकारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो ।

Advertisement
Advertisement

प्रशासनिक दृष्टिकोण र आवश्यकताका आधारमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को खण्ड ग र नियम ३६ बमोजिम यो निर्णय गरिएको प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

सरुवा तथा काजमा खटाइएका अधिकारीहरूलाई आगामी भदौ ५ गतेभित्र आफूलाई तोकिएको नयाँ कार्यालयमा पुगेर बरबुझारथ गरी जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । साथै, नयाँ जिम्मेवारी सम्हालेको जानकारी अनिवार्य रूपमा प्रधान कार्यालयको मानवस्रोत विभागमा दिनु पर्नेछ ।

विभागले जारी गरेको परिपत्रमा अर्को आदेश नभएसम्मका लागि देहाय बमोजिमका कार्यालयहरूमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख छ ।

1

2

3