Saturday, August 15

नवलपरासी, रोल्पा र मोरङमा तीन जना मृत फेला

नेपालअखबार,काठमाडौं । नवलपरासी, रोल्पा र मोरङमा तीन जना व्यक्ति मृत फेला परेका छन् ।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले तीन जिल्लामा तीन जना व्यक्ति मृत फेला परेको जानकारी गराएको हो ।

Advertisement
Advertisement

नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–६ धासीस्थित कालीगण्डकी नदीमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै, रोल्पाको रोल्पा नगरपालिका–८ जमकोटस्थित वडा कार्यालय नजिकै सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–८ सिर्जना टोलस्थित धान खेतमा झापा दमक नगरपालिका–१० बस्ने ६२ वर्षीय पञ्जाव सिंह लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।