Thursday, August 20

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

नेपालअखबार, काठमाडाैँ । भारतको विशाखापट्‌टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ।  कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको द‌ृश्य कक्षाकोठाको सीसीटीभीमा कैद भएको छ। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्।

Advertisement

लिटिल गार्डन्स स्कुलको युकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन्। होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य सिसीटिभी फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

Advertisement
Advertisement

सामाजिक सञ्जालमा कक्षाकोठाको सिसीटिभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्नेबारे जाँच गरिरहेका छन्।

Advertisement

प्रहरीले बालकको पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको जनाएको छ।