Sunday, August 23

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालअखबार,पोखरा । पोखरामा मोटर साइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ लामागाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।

Advertisement

ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो । पोलमा ठोक्किएपछि पनि गुडिरहेको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका १८ कि २९ वर्षीया रुपा बिक गम्भीर घाइते भएकी थिइन । टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Advertisement

मोटरसाइकल चालक सोही ठाउँका ४३ वर्षीय रामचन्द्र बिक घाइते भएका छन् । उनको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ ।