Sunday, August 23

सरकार र लघुवित्त पीडितबीच १४ बुँदे सहमति, धर्नाबाट फर्किए घर

नेपालअखबार,काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्।

Advertisement

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो।

Advertisement
Advertisement

सहमति पश्चात् आइतबार बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।

Advertisement

विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

WhatsApp-Image-2026-08-22-at-6.33.58-PM-1787460812.jpeg

WhatsApp-Image-2026-08-22-at-6.34.01-PM-1787460823.jpeg

WhatsApp-Image-2026-08-22-at-6.34.02-PM-1787460837.jpeg

WhatsApp-Image-2026-08-22-at-6.34.00-PM-1787460837.jpeg