Friday, August 28

मानसरोवरबाट फर्किने पर्यटकलाई एक सातासम्म हिल्सामा पदयात्रा दस्तुर मिनाहा

नेपालअखबार, काठमाडौं । सरकारले मानसरोवर यात्राबाट नेपालको बाटो हुँदै फर्कने पर्यटकलाई हिल्सा नाकाबाट प्रवेश गर्दा एक साताका लागि दस्तुर मिनाहा गरेको छ ।

Advertisement

अध्यागमन विभागका अनुसार रसुवागढी नाका हुँदै प्रवेश गरेका पर्यटकले अब सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लास्थित हिल्सा नाकाबाट फर्कने विकल्प छ ।

Advertisement
Advertisement

हिल्सामा सामान्य अवस्थामा प्रवेश गर्दा भने नेपाल सरकारले निषेधित क्षेत्रको पदयात्राका लागि दस्तुर तिरेपछि मात्र अनुमति दिने गर्छ ।

Advertisement

तर, रसुवागढी नाकामा आएको बाढीले उक्त क्षेत्र हुँदै यात्रा गर्न सम्भव नभएपछि सरकारले हिल्सा नाकाबाट फिर्ता हुनेका लागि सहजीकरण गरेको हो ।

अध्यागमन विभागका अनुसार ११ भदौदेखि लागु हुने गरी एक साताका लागि हिल्सामा दस्तुर छुट दिइएको छ । साथै, सोही क्षेत्रको अनुमतिका लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बीमा तथा ट्रेकिङ गाइड सम्बन्धी व्यवस्था समेत अनिवार्य गरिएको छैन ।

सोही भेग हुँदै नेपाल फर्कने क्रममा कुनै कठिनाइ भए विभागका सूचना अधिकारी सहित विभागमा सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।