Sunday, August 30

बाढी बढेपछि रसुवादेखि चितवनसम्मका उद्धारकर्तालाई सतर्क रहन आग्रह

नेपालअखबार,काठमाडौं । भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Advertisement

यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुन: बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् ।

Advertisement
Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउनु हुन अनुरोध छ।’

Advertisement

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रशिूली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशका वभिन्नि जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै, सुनकोशी नदी खुर्कोट सन्धिुली जलमापनन केन्द्रमा पन िजलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।