Monday, August 31

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै ७२ शव सेनाले निकाल्यो

नेपालअखबार, काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ ।

Advertisement

१० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो ।

Advertisement
Advertisement

शव निकालेपछि मुचुल्काका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाउने गरिएको सेनाले बताएको छ । निकुञ्ज क्षेत्र भएकाले जो–कोहीले प्रवेश पनि नपाउने भएकाले यी क्षेत्रहरूमा नेपाली सेनाको टोलीले नै शव निकाल्ने काम गर्दै आएको छ ।

Advertisement

बोटमार्फत नदी वारपार गर्दै निकै जोखिम मालेर शव निकालिएको सेनाले बताएको छ । आइतबार आएको बाढीले पानीको बहाब बढेपछि भने नदी वारपार गर्न समस्या हुँदा उद्धारमा केही कठिनाइ भएको छ ।रसुवास्थित भोटेकोशीले बगाएका व्यक्तिहरूलाई अन्तत: नारायणी नदीमा पुग्ने हुँदा नारायणी नदी वारीपारी ठूलो संख्यामा शवहरू फेला परेका हुन् ।