
नेपालअखबार, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ
रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे१ज ६०४५ नम्बरको जिप मंगलबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
सडकबाट चिप्लिएर जिप करिब ५० मिटर तल खसेर दुरघटना भएको उनले बताए ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




