Tuesday, September 8

बागमती नदीको गौरीघाटमा जलसतहले सतर्कता तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

नेपालअखबार, काठमाडौँ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ। मंगलबार दिउँसो ०२:५० बजे गौरीघाट केन्द्रमा जलसतह बढेर सतर्कता विन्दुभन्दा माथि पुगेको हो।

Advertisement

जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई पूर्वसावधानी अपनाउन अपिल गरेको छ। महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘नदी आसपासका क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहनुहोला।’

Advertisement
Advertisement

793204223_1018138971275615_4913261216780576401_n

Advertisement