Tuesday, September 8

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

नेपालअखबार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

Advertisement

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

Advertisement
Advertisement

Advertisement