
नेपालअखबार,काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ ।
ललितपुरको भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा सोमबारदेखि जारी बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् ।
हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्टयाइएको छ ।
अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जनाएका छन् । बैठकले केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय,विभागहरुको गठन,पोलिटव्यूरो गठन,स्थायी कमिटीको गठन समेत गर्ने छ ।
पोलिटव्यूरो,स्थायी कमिटी लगायत नेताहरुको जिम्मेवारी बाँडफाँड मंगलबारको बैठकले गर्ने तयारी रहेको एमाले नेताहरुले बताएका छन् ।




