Wednesday, September 23

देउवा समूहको मोरङ संयोजकमा पौडेल

नेपालअखबार, काठमाडौँ । डा शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको मोरङ जिल्ला संयोजक सुभाष पौडेल भएका छन् । पौडेललाई संयोजक डा कोइरालाले आज नेपाली कांग्रेसको १५ औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन् ।

Advertisement

विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सुरु गर्दा डा कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो । सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्नेगरी  नेताहरूलाई जिम्मा दिइएको छ । यो पक्षले मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ ।

Advertisement
Advertisement

Advertisement