Saturday, September 26

जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन

नेपालअखबार, काठमाडौँ। राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ। काठमाडौँको चाबहिलमा शनिबार आयोजित विशेष कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो। पार्टीका सभापति डा. धवलशम्शेर राणाले कार्यालयको उद्घाटन गरे।

Advertisement

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सभापति राणाले पार्टीको मुख्य ध्येय राष्ट्र निर्माण, सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना रहेको बताए।‘हामीले दृढ सङ्कल्पका साथ यो पार्टीको स्थापना गरेका छौँ। नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन, राजासहितको प्रजातन्त्र पुनर्बहाली गर्न र देशको आर्थिक विकासको मार्ग प्रशस्त गर्न यो पार्टी प्रतिबद्ध छ,’ राणाले भने। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

Advertisement
Advertisement

Advertisement