Saturday, September 26

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

नेपालअखबार, बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ ।

Advertisement

अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो ।

Advertisement
Advertisement

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

Advertisement

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईंले पानी निरन्तर परिरहेकाले पहिरो खुलाउन नसकिएको र सकभर यात्रा नगर्न आग्रह गरिएको छ ।