Sunday, September 27

देउवा पक्षले बनाए कांग्रेसको बेग्लै वेबसाइट

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसका नाममा बेग्लै वेबसाइट बनाएर सञ्चालनमा ल्याएका छन्।

Advertisement

पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर असोज १५ गतेदेखि वडा अधिवेशन सुरू हुँदैछ।

Advertisement
Advertisement

उक्त तयारी समितिले बेग्लै वेबसाइट बनाएको हो। यस वेबसाइटमार्फत् सदस्यता आवेदन दिन मिल्ने बनाइएको चुनदेवीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेताहरूले बताएका थिए।

Advertisement

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।