Thursday, October 8

कांग्रेस प्रवक्ता चालिसेले फिर्ता लिए उपसभापतिमा दिएको उम्मेदवारी

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

Advertisement

उनले भनेका छन्– ‘१५ औ महाअधिवेशनबाट उपसभापति पदमा रहेर पार्टीका लागि काम गर्ने उद्देश्यका साथ मैले उम्मेदवारी दिएको थिए । यसक्रममा देशभरका साथीहरूबाट प्राप्त माया ,विश्वास,समर्थन र हौसला प्रति म ह्रदयदेखि नै आभारी छु । श्रद्धेय पार्टी सभापति गगन कुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै मैले आफ्नो मनोनयन फिर्ता गरेको हुँ । ‘

Advertisement
Advertisement

उनी थप भन्छन्– ‘साथिहरूमा मेरो अनुरोध छ, यो निर्णय बिलकुल पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हित लाई ध्यानमा राखी गरिएको निर्णय थियो । यो निर्णय चुनाव लक्षित छैन र व्यक्ति लक्षित पनि छैन, यसमा साथीहरू स्वतन्त्र हुनुहुन्छ । पार्टी प्रणालीमा सभापतिको राजनैतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ। ‘

Advertisement

‘हामीले पार्टीका लागि केहि गर्न भनेर भूमिका खोजेका हौ । कुनै पनि भूमिका अन्तिम हुँदैनन् र भूमिका आफूले रोज्ने भन्दा पार्टीले खोज्ने प्रणालीले नै पार्टी प्रणालीलाई बलियो बनाउँदछ । पार्टीका जिम्मेबारीहरू प्रतिष्ठा भन्दा परिणामका विषय हुन ।सामूहिक शक्ति र एकताबद्ध प्रयासले मात्र हामीले हाम्रो पार्टीलाई सुदृढ बनाउन सक्दछौ ।’ चालिसेले भनेका छन् ।