Thursday, October 8

सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति  सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोल स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लकडिगोठबाट माडर तर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १९ को सतिस दास र सोह ठाँउ निवासी वर्ष ३५ काआईसोत मण्डल रहेका छन् ।

Advertisement

प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार चेकजाँचको क्रममा दासले लगाएको ज्याकेटको गोजीबाट प्लाष्टिकको पोकामा रहेको अवस्थामा १५१.१० ग्राम लागुऔषध ब्राउन फेला परेको बताए ।

उनका अनुसार अभियुक्तहरुको साथबाट बरामद भएको स्क्रिन टच मोबाइल २ थान र मोटरसाकल सहित दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा हिरासत कक्षमा राखिएको छ ।