
नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षडयन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन र क्रान्ति सीधा रेखाबाट नहिँडेर बक्र रेखाबाट हिँड्ने भएकाले विरोधीलाई टिक्नै नदिने गरी अघि बढ्न सक्नुपर्ने बताए ।
‘यस पटक हामीले विरोधीका षड्यन्त्रलाई चिर्न सकेनौ, पराजित गर्न सकेनौ’, अध्यक्ष ओलीले भने,‘ त्यसकारण हामी पछाडि पर्यौँ ।’अध्यक्ष ओलीले विरोधीका षडयन्त्रहरुलाई टिक्नै नदिएर अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।




