Monday, April 20

अख्तियारद्वारा २६ वटा स्टिङ अपरेसन : वडाध्यक्षदेखि अधिकृत तहका कर्मचारीसम्म पक्राउ

नेपाल अखबार, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गत आर्थिक वर्ष २०७६/०७७ मा २६ वटा स्टिङ अपरेसन गरेको छ । घुस खाने मनसायले  गरिएको डिलको सूचना अख्तियारसँग आएप्छि अख्यितारले बिषेश टोली खटाएर  रकमसहित रगेहात प्रकाउ गर्ने रणनीति अन्र्तगत बुटवल कार्यलयले अहिले २६ बटा स्टिङ  अपरेस गर्न सफल भएको छ । जसमा बार्ड अध्यक्षदेखि अधिकृतस्तरका कर्मचारीहरु पक्राउ  परेका छन् ।
कार्यालय प्रमुख सहसचिव डा. भिष्मकुमार भुसालका अनुसार कार्यालयले गरेको २६ वटा स्टिङ अप्रेसनबाट ३ जना वडा अध्यक्ष, १ जना बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष, ७ जना अधिकृत स्तरका कर्मचारी, २ जना प्रधानाध्यापक, ७ जना नायव सुब्बा, ९ जना खरिदार, ६ जना श्रेणी बिहिन र अन्य ५ जनागरी ४० जनालाई मुद्दा चलाएको छ । स्टिङ अपरेसनबाट ५६ लाख ४६ हजार ३५५ रुपैंया बरामद गरेको छ ।
कार्यालय २०७६/०७७ मा ७० प्रतिशत बढी मुद्दा फस्र्यौट भएको जनाएको छ । कार्यालयमा परेका १ हजार ३३७ उजुरी मध्ये ९४२ वटा उजुरी फस्र्यौट भएको, ३ वटा मुल्तवीमा गएको र ३९८ मुद्दा बाँकी रहेका छन् ।
प्रदेश नं. ५ का जिल्लाहरु रुपन्देही, कपिलबस्तु, नवलपरासी (पश्चिम), पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम (पूर्व), रोल्पा र गण्डकी प्रदेशको नवलपरासी (पूर्व) कार्यक्षेत्र रहेको अख्तियारको बुटवल कार्यालयमा स्थानीय तह, शिक्षा, भूमि व्यबस्था, बन, गृह, भौतिक, कृषि, स्वास्थ्य, उर्जा सिचाई, खानेपानी÷शहरी, संस्कृति लगायतका क्षेत्रमा अनियमितता भएको उजुरी परेको  कार्यालयका प्रवक्ता  सुरेस भुषालले बताए ।
उनका अनुसार सबैभन्दा बढी स्थानीय तहमा ३६ प्रतिशत मुद्धा परेको छ । त्यस्तै शिक्षामा २५, भूमि व्यबस्थामा १० प्रतिशत मुद्दा परेको छ ।कार्यालयमा कुल परेका १ हजार ३३७ उजुरी मध्येबाट ९६ जना बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ ।
गएका तीन वर्षको तथ्यांकलाई हेर्दा अनियमितताका उजुरी तथा फस्र्यौटको संख्या क्रमशः बढ्दै गएको छ । गत आर्थिक २०७६/०७७ मा १ हजार ३३७ उजुरीमध्ये ९४२ उजुरी फस्र्यौट भएको छ ।
त्यस्तै आ.व. २०७५/०७६ मा १ हजार ३२० उजुरीमध्ये ८३७ फस्र्यौट भएको थियो भने त्यो भन्दा अघिल्लो वर्ष (आ.व.२०७४/०७५) मा ८५७ उजुरीमध्ये ४७२ उजुरी फस्र्यौट भएको थियो । कार्यालय परेका उजुरी मध्ये ३७ प्रतिशत पुरुषसँग, ४ प्रतिशत महिला ५ प्रतिशत संघरसंस्था ५४ प्रतिशत बेनामे र अन्य १ प्रतिशत उजुरीकर्ता छन्।
बुटवल कार्यालयले प्रदेश ५ र गण्डकी प्रदेशका गरी १० जिल्ला हेर्ने गर्छ । बाँके, बर्दिया र दाङ अख्तियारको सम्पर्क कार्यालयमा नेपालगञ्जले हेर्दै आएको छ।
सबैभन्दा धेरै  प्रारम्भिक उजुरी रुपन्देहीमा
अख्तियार बुटवलको कार्यालयको कार्यक्षेत्र १० जिल्ला रहेको छ । ती दश जिल्ला मध्ये सबैभन्दा धेरै प्रारम्भिक उजूरी रुपन्देही जिल्ला परेको प्रमूख डा भीष्मकूमार भुसालले बताए । रूपन्देहीका ४३४ परेको छन् ।
कपिलवस्तुका २५७, पश्चिम नवलपरासीबाट १९५, अर्घाखाँची १०३, गुल्मीका ९७, पाल्पाका ८९, पूर्वी नवलपरासी ८३, रोल्पा ४४, प्युठानका २२, पूर्वी रुकुम ११, दाङ १ र बाँकेमा एउटा रहेका छन्।
प्रमूख भुषालले सायद कार्यालय आईपूग्नको लागी सहज भएर पनि हुनसक्ने बताए ।  साेत राताेपाटी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *