Tuesday, April 21

भारतमा एकैदिनमा ४९ हजार व्यक्ति कोरोनाबाट संक्रमित बने

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ। ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन्।
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन्। त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन्। रासस/एएनआई

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *