Monday, May 11

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

साथै कोरोना भाइरस संक्रमणका कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शनिबार जानकारी दिएको छ।
सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।
दक्षिण अमेरिकामा ३६ लाख २६ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ एक लाख ३१ हजार १५५ जनाको मृत्यु भएको छ।
उत्तर अमेरिकामा ४९ लाख ८१ हजार ४३७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ दुई लाख ५ हजार ९६८ जनाको मृत्यु भएको छ।
युरोपमा २७ लाख ५९ हजार ७३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार १२४ को मृत्यु भएको छ। एसिया ३७ लाख ५७ हजार ५८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ।
अफ्रिकामा आठ लाख १४ हजार १६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार १४६ जनाको मृत्यु भएको छ। ओसियानामा १५ हजार ६४७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६७ जनाको मृत्यु भएको छ। रासस/एएफपी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *