Wednesday, October 29

सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९६ हजार ३०० पुग्यो

नेपाल अखबार, कनठमाडाैं । सुनको मूल्य लगातार बढ्दै गएको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *