Saturday, April 18

पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन

नेपाल अखबार, काठमाडाैं। श्रीमती हत्यासम्बन्धी पूर्वडीआईजी रञ्जन कोइरालामाथिको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ।
उनलाई साढे ११ वर्ष कैद छुट दिने केही दिनअघिकाे प्रधान्यायाधीश समेतको फैसला पुनरवलोकन मुद्दामा निस्सा दिँदै मुद्दामाथिको सुनुवाइ पुनः अगाडि बढाउने सर्वोच्चले निर्णय गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएपछि सर्वोच्चले पछिल्लो निर्णय गरेको हो।
आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरवलोकनका लागि परेको निवेदनमा निस्सा दिँदै मुद्दा पुनः खुल्ला गरेको हो।
अब फेरि कम्तीमा तीन सदस्यीय इजालसले नै पुनरवलोकन गरी अर्को फैसला गर्नेछ।
यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले गत बिहीबार मात्रै जेलमुक्त भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई फेरि जेल फर्काउने बाटो खुल्ला भएको छ।
आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भएर सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका कोइराला साढे ११ वर्ष कैद छुट पाउँदै गत बिहीबार जेलमुक्त भएका थिए। उनी छुटेकै दिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन निवेदन दिएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *