Tuesday, April 21

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति

नेपाल अखबार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो । स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *