Monday, April 20

जलेश्वर नगरपालिकाको कार्यालय बन्द

नेपाल अखबार,  महोत्तरी। प्रदेश नम्बर २ मा कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिकामा अत्यावश्यक कार्य बाहेक सम्पूर्ण कार्यहरु बिहीबारदेखि बन्द गरिएको छ । जलेश्वर नगरपालिकाले एक सूचना जारी गरि बिहीबारदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सम्पुर्ण कार्य सेवाहरु बन्द गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए ।  नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कताका साथ बस्न समेत नगरवासीलाई आग्रह गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *