Friday, July 24

उद्योगी पाण्डेद्वारा ३ करोड ८० लाखको छात्रवृत्ति वितरण गर्ने घोषणा

नेपाल अखबार, पाेखरा। पूर्वमन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले रु तीन करोड ७९ लाख ५० बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेकाछन्  । मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो घोषणा गर्नुभएको हो । कास्की र पाल्पा जिल्लाका सबै वडाहरुमा सो छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो ।
पाल्पा जिल्लामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भैसकेको छ । पाल्पाका ८१ वटा वडा समेट्ने गरी ९२ जनालाई गत फागुनमा पाल्पाली समाज पोखराको व्यवस्थापनमा सो छात्रवृत्ति वितरण गरिएको हो ।
त्यस्तै कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो । कास्की अन्तर्गत पोखरा महानगर तथा चार वटै गाउँपालिकाका सबै वडाबाट एक–एक जना समेट्ने गरी जनही ५० हजारका दरले ३९ लाख रुपैयाँ छुट्टाइएको पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

उहाँद्धारा वितरीत छात्रवृत्तिबाट हालसम्म ४ सय २६ जना लाभान्वित भैसकेका छन् । जसअनुसार १ सय ४० जनाले प्राविधिक विषयअन्तर्गत ग्राजुयट तहमा पूर्ण र आंशिक छात्रवृत्ति पाएका छन् । जसमा विभिन्न इञ्जिनियरिङ, कृषि र वनमा गरी ८२ जनाले पूर्ण र ५८ आंशिक प्राप्त गरिसकेका छन् । यस्तै, उहाँकी छोरी डा. शान्ति पाण्डेको स्मृतिमा १ सय ९४ जनाले नर्सिङ लगायत स्वास्थ्यसम्बन्धी शिक्षा प्राप्तिका लागि छात्रवृत्ति पाएका छन् भने पाल्पामा नन–ग्रायजुयट प्राविधिक विषयमा ९२ जना गरी कुल ४ सय २६ जनाले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गरेका हुन् । अब कास्कीमा सहित छात्रवृत्ति प्राप्त गर्नेको संख्या ५ सय ४ हुनेछ ।
सोही अवसरमा उद्योगी पाण्डेले लेखेको ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ नामक पुस्तक विमोचन गरिएको छ । ६ सय २४ पृष्ठ लामो सो पुस्तकको उहाँकी माता शिवकुमारी पाण्डेले विमोचन गर्नुभएको हो ।
छ अध्याय रहेको उक्त पुस्तकमा उहाँले नेपालले आफ्नै सम्भावना प्रयोग गरी कसरी समृद्धि प्राप्त गर्न सक्छ र मानव भइसकेपछि आफ्नो कत्र्तव्य पूरा गर्न के गर्नुपर्छ भन्नेबारे लेखिएको छ । गरिबी, असमानता तथा अपमानबाट मुक्तिको लागि समाधान खोज्ने गरेका पाण्डेले सकेसम्म स्वदेशी बस्तुको प्रयोग गर्ने, बढी प्रतिफलयुक्त कार्यमा संलग्न हुने र सकेसम्म कम खर्चमा जीवनयापन गर्ने लगायतका कुरा प्रयोगमा ल्याउँदै आएको पाइन्छ ।
मातृसेवा प्रतिष्ठान नेपालका उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएकोे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोल्नुभएको उक्त कार्यक्रमको संचालन पत्रकार श्याम कुवरले गर्नुभएको थियो भने पाल्लाली समाज पोखराले ब्यवस्थापन गरेको थियो ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *