Friday, July 24

भारतमा कोरोना संक्रमितको संङ्ख्या १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ।

Advertisement
गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ।
सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्।
भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। भारतका गृहमन्त्री अमित शाहलाई आइतबार मात्र कोरोना संक्रमण भएको थियो। रासस/एएनआई

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *