नेपाल अखबार, काठमाडाैं। नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा एकीकरणको काम अझै पुरा हुन नसकेको बताएका छन्।
काठमाडौमा बुधबार भएको एक अन्तरक्रियामा उनले ओलीकै कार्यशैलीका कारण एकता प्रक्रिया ठप्प भएको दाबी गरे।
‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा सीमित गरियो, आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य, म नै पार्टी) भन्ने मनोगत शैलीका कारण पार्टीमा समस्या आयो,’ उनले भने। ‘पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई ओलीले बीचको भूमिका खेल्न आग्रह गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताए।’
नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भन्ने प्रावधान पार्टीको विधानमा लेखेर बुद्धि पुर्याएको उनले बताए।
‘बहुमतको निर्णय पार्टीको निर्णय लेखेर कस्तो बुद्धि पुर्याइएछ, ती मित्रले बिर्से माधव नेपाल यहि कमिटीको महत्वपूर्ण एक व्यक्ति हो भनेर,’ उनले थपे। साेत नेपालखबर

