Monday, April 20

कोरोनाको जोखिम देखाउदै सरकारले सिंहदरबार प्रवेशमा रोक

नेपाल अखबार, काठमाडाैं। सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ।
कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको बताए। उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने बताए।
‘संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यो निर्णय गरिएको हो’ कुरा गर्दै प्रवक्ता बुढाले भने, ‘अत्यावश्यक काम रोकिँदैन, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रोकिएको हो।’
प्रवक्ता बुढाले अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका कडाइ गरिएको बताए। उनले सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको जानकारी दिए।
पछिल्लो समय राजधानीमा संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले कडाइ गरेको हो। सरकारले फेरि लकडाउन गर्ने वा अन्य विकल्प अपनाउने भन्ने विषयमा छलफल गरिरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *