Tuesday, April 21

कनकासुन्दरी गाउँपालिकास्थित स्वास्थ्य चौकी सिल

नेपाल अखबार, जुम्ला। जुम्लाको कनकासुन्दरी  गाउँपालिका वडा नं ८ स्थित पाण्डब गुफा  स्वास्थ्य चौकीमा लामो समय बसेर गएकी एक महिलाको कर्णाली स्वास्थ्य  विज्ञान  प्रतिष्ठानमा कोरोनासंक्रमण पुष्टिपछि सो स्वास्थ्य चौकी सिल गरिएको छ ।
कनकासुन्दरी  गाउँपालिका वडा नम्बर  ३ स्थायी घर भएकी ती महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज  पद्मा रावतले जानकारी  दिइन् ।  संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *