Tuesday, July 28

संसद सचिवालयका प्रवक्तामा कोरोना संक्रमण, केही संक्रमित सम्पर्कविहीन

नेपाल अखबार, काठमाडाैं।  केही दिन अगाडि मात्रै कोरोना फैलिइएको जिल्लाबाट काठमाडौं फर्किएका संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पाण्डे सांसद प्रदीप यादव सहितको टोलीसंग वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराई पुगेका थिए, जहाँका विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएको छ । सांसद प्रदीप यादवलाई समेत यस अगाडि नै कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।

Advertisement
यता हिजो काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ जना सम्पर्कविहीन भएका छन् । बुधार काठमाडौंमा १ सय २ जनामा संक्रमण भएकोमा ८ जना स्वास्थ्यकर्मीको निगरानीबाट सम्पर्कविहीन रहेको इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । १६ जना संक्रमित सम्पर्कविहीन भए पनि ८ जना भने सम्पर्कमा आएका छन् ।

सम्पर्कविहीन संक्रमित कोरोना फैलिएका तराईका विभिन्न जिल्लाबाट आएको बताइएको छ । उनीहरुमध्ये केहीले फोन नउठाउने तथा कसैले अफ गरेर राखेको इडिसिटीमा केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइरालाले बताएका छन् ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *