Tuesday, April 21

सर्लाहीमा आजदेखि एक साताका लागि निषेधाज्ञा

नेपाल अखबार,सर्लाही । कोरोना संक्रमण तीब्र बनेपछि सर्लाहीमा आज (सोमबार) देखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको आइतबार बसेको बैठकले सोमबार बिहान सात बजेदेखि ३२ साउनसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
सर्लाहीमा एक साता अघिदेखि हाटबजारमा कडाई गरिएको थियो। अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
सर्लाहीमा कोरोना संक्रमणका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने आठ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।
117081522 3067879003266791 4507813467962439337 o

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *