नेपाल अखबार,न्युयोर्क। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।
तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि निशुल्क खाधन्न वितरण कार्यक्रम सुरु गर्ने जमर्को गरेको छ।
यस फाउण्डेशन ले विभिन्न समुदायका ६००० जना भन्दा बढी मा सेवा पुराएको अनुमान छ।
यसै क्रममा भोलि मंगलवार, अगस्ट ११, २०२० बेलुका ५ बजे ७२-२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाधन्न(ग्रोसरी, ड्राय फुड) र २५०० पिस सर्जिकल मास्क वितरण गर्दै छ। उक्त ग्रोसरी र १००० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, ५०० पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र ५०० पिस मास्क सेनेटर जोन लु वाट यस फाउण्डेशनलाई सहयोग प्रदान भएको छ।
थप जानकारीका लागि फाउण्डेशन का उपाध्यक्ष सुवर्ण लामा (917) 254-3048 र केन्द्रीय सदस्य सुर्य सिमखडा (347) 419-5009 लाई सम्पर्क गर्नु होला।


