Tuesday, April 21

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, भारतमा एकै दिन ६१ हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५४ हजार सात सय २७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई करोड पाँच लाख दुई सय ९७ पुगेको छ।
विश्वभरी नै कोरोना संक्रमणदर घटन सकेको छैन।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ।
भारतपछि ब्राजिल र अमेरिकामा धेरै संक्रमित देखिएका छन्। यस अवधिमा ब्राजिलमा झण्डै ५५ हजार र अमेरिकामा ५२ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ भने ४६ हजार एक सय ८८ जनाले ज्यान गुमाएका छन्। यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
पछिल्लो २४ घण्टामा भारतमा आठ सय ३५ जनाले ज्यान गुमाएका छन्।
यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा १३ सय ७९, ब्राजिलमा १२ सय ४२, मेक्सिकोमा सात सय पाँच, कोलम्बियामा तीन सय २१, अर्जेन्टिनामा दुई सय ४० जनामा संक्रमण पुष्टि भएको छ।
विश्वमा अहिलेसम्म संक्रमणको कारण सात लाख ४४ हजार तीन सय ६६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या दुई करोड पाँच लाख दुई सय ९७ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *