Tuesday, July 21

चीनले भन्योः ब्राजिलबाट ल्याइएका ‘चिकेन विंग्स’ मा कोरोना देखियो

नेपाल अखबार, एजेन्सि। ब्राजिलबाट हालै चीन ल्याइएका ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना भाइरस ‘कोभिड १९’ देखिएको छ।

Advertisement
ब्राजिलबाट सेनजेनमा आयात गरिएका खाद्य पदार्थ ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना देखिएको सेनजेनका अधिकारीहरुले बताएका हुन्।
फ्रोजन चिकेन विंग्समा कोरोना देखिएसँगै सेनजेनमा फ्रोजन चिकेन विंग्स खरिद नगर्न निर्देशन दिइएको छ।
Coronavirus news, Frozen chicken, Brazil chicken coronavirus, Coronavirus frozen chicken, Indian Express
बुधबार मात्र इक्वेडरबाट ल्याइएको फ्रोजन स्रिम्प ‘झिंगेमाछा’ मा कोरोना देखिएको चीनको सरकारी टेलिभिजनले बताएको थियो।
ब्राजिल हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। त्यहाँ ३१ लाख ७० हजारमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाखको ज्यान गएको छ। एनडीटीभी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *