Thursday, September 10

कास्कीद्वारा प्रदान गरिने सवारी पास वितरण स्थगित

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले एउटा जिल्लाबाट अर्को जिल्लाका लागि प्रदान गरिने सवारी पास वितरण कार्य बिहीबारबाट स्थगित गरको छ । कोरोनाको संक्रमण उच्च रुपमा वृद्धि हुन थालेपछि गृहमन्त्रालयले काठमाडौं उपत्यका सहित सबै जिल्लाबाट जारी हुने पास वितरण रोक्ने निर्णयसंगै कास्कीको जिल्ला प्रशासन कार्यालय कास्कीले पनि सवारी पास वितरण रोकेको जानकारी दिएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि सवारी पास वितरण कार्य रोकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *