Saturday, April 18

पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा

नेपाल अखबार, एजेन्सि । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई पछि पार्न थालेको छ। संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको हो।
पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या पनि भारतमा धेरै छ।
पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा नौ सय ६० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ५८ हजार एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु र संक्रमितको यो संख्या विश्वका अन्य सबै देशको भन्दा धेरै हो।
यसबीचमा संक्रमणको कारण ब्राजिलमा पाँच सय ५२ र अमेरिकामा पाँच सय २२ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा ३६ हजार आठ सय ४३ र ब्राजिलमा २२ हजार तीन सय ६५ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार पाँच सय २५ जनाले ज्यान गुमाएका छन् भने दुई लाख १२ हजार एक सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।
भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार नाघेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *