प्रशासनसमाचार

राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका एकजना पक्राउ

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अरु चारजना फरार छन् ।
मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो ।
नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ ।

the authoradmin

Leave a Reply