प्रदेश ४समाचारस्वास्थ्य

उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखार, पोखरा ।  गण्डकी प्रदेशमा  थप ५  जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  बुधबार ५ जिल्लाका ५ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार तनहुँ देबघाट – ५ का २७ वर्षीय पुरुष, गोरखा पालुङटार – ४ का ५० वर्षीय पुरुष, र लमजुङमा कार्यरत बागलुङ बडिगाडका २२ वर्षीय पुरुष, धादिङ गंगाजमुनाका ३२ वर्षीय पुरुष र नवलपुर कावासोतीका ३२ वर्षीय पुरुषमा  बुधबार दिउसो कोरोना देखिएको हो ।
संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।
 

the authoradmin

Leave a Reply