समाचारस्वास्थ्य

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

Nepal Akhabar

नेपाल अखार, काठमाडौं । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप  १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।
योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

the authoradmin

Leave a Reply