Tuesday, February 3

सप्तरीमा थप १ जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, सप्तरी । मंगलबार धरानमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । सप्तरीका उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा लगिएकोमा अवस्था गम्भीर भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई लगिएको केही बेरमा नै उनको ज्यान गएको थियो । कोरोना भाइरसको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षण गर्दा उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *