Tuesday, April 21

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ : डब्लूएचओ

नेपाल अखबार , एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ।
शुक्रबार जेनेभामा बाेल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरेका हुन्।
उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो।
तर उन्नत विज्ञान र प्रविधिका कारण काेराेना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने अनुमान गरिएकाे उनले बताएका छन्।
स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् २ वर्षभन्दा बढी समयसम्म रहेको थियो। र, त्यसले विश्वका २ करोड मानिसको ज्यान लिएको थियो। बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *