Saturday, July 11

अमेरिकामा ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय!

नेपाल अखबार,एजेन्सि। अमेरिकाको फ्लोरिडा राज्यमा आनुवांशिक रूपमा परिवर्तन गरिएका ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरिएको छ।
डेंगु, जिका भाइरसजस्ता संक्रमण फैलाउने लामखुट्टेको संख्या घटोउने भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्थानीय अधिकारीले बताएका छन्।
यो निर्णय गर्नुअघि व्यापक छलफल गरेर गरिएको उनीहरूको भनाइ छ।
तर वातावरणविद्हरूले भने यसले वातावरणमा क्षति पुर्‍याउने चेतावनी दिएका छन्। यसबाट अर्काे प्रतिरोधी लामखुट्टे पैदा हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।
तर यस योजनामा सहभागी कम्पनीले सरकारी शोधकर्तालाई उधृत गर्दै यसबाट मानिस र वातावरणलाई कुनै असर नपार्ने दाबी गरेको छ।
यो योजना सन् २०२१ मा फ्लोरिडा किज (टापुको रेखा) मा लागू गर्ने योजना छ। स्थानीय नियामक निकायले अनुमति दिएको धेरै महिनापछि योजना लागू गरिनेछ।
त्यो लामखुट्टे कस्तो हो?
यूकेस्थित ओक्सिटेक कम्पनीको अमेरिकी वातावरण एजेन्सीले आनुवांशिक रूपमा परिवर्तन गरिएको एडिज इजेप्टाई नामको पुरुष लामखुट्टे विकास गरेको छ। जसलाई ओएक्स५०३४ का नामले पनि चिनिन्छ।
एडिज इजेप्टाई लामखुट्टेले मानिसमा डेंगु, जिका, चिकनगुनिया र ज्वरोजस्ता घातक रोग फैलाउँछ। तर यस जातका पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनकि उनीहरूलाई अन्डा पार्न मानिसको रगत आवश्यक पर्छ।
तसर्थ उक्त योजनाको उद्देश्य पुरुष लामखुट्टे फैलाउनु हो, जसले जंगली पोथी लामखुट्टेसँग संसर्ग गरी नयाँ नश्ल पैदा गर्नेछन्। यी पुरुष लामखुट्टेमा एक प्रकारको प्रोटिन हुन्छ जसले पोथी लामखुट्टेलाई मानिसलाई टोक्न सक्ने हुनुभन्दा अघि नै मारिदिन्छ। बीबीसी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *