नेपाल अखबार, गाेरखा। गाेरखा पालुङटारमा नगरपालिका वडा नम्बर ७ की एक किशाेरीले आफ्नै जन्म दिनकाे दिन आत्महत्या गरेकी छन् । १६ बर्ष पुगी १७ बर्ष लागेकाे दिन हिजाे उनले आफ्नै घर नजिकैकाे रूखमा आफैले अोड्एकाे सलले पासाे लगाइ आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय ठाँटिपाेखरीले जनाएकाे छ ।
जन्म दिनकाे दिन बेलुकी घरमा खाना खाएर दिदिकाेमा जान्छु भनी घरबाट निस्केकी उनी दिदिकाे घर नै पुगिनन् ।
बेलुकी दिदिकाेमा नपुगे पछी कता गइन भन्दै खाेजि गर्दा बिहान साढे ६ बजे मात्र उनकाे शव घर नजिकैकाे रूखमा झुन्डिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । उनकाे शव पाेष्टमाटमका लागि जिल्ला अस्पताल लगिएकाे छ ।
