Wednesday, April 29

झापाबाट काडमाडौं ल्याउँदै गर्दा बाटैमा वडाध्यक्षकाे निधन

नेपाल अखबार, झापा। कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेका छन्।
सुनसरीको कोसी गाउँपालिका-२ का वडाध्यक्ष हिरालाल यादवको शनिबार अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो।
शनिबार दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएन्डसी हस्पिटल लगिएकाे थियो।
त्यस हस्पिटलले एन्जिओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान सिफारिस गरेपछि काठमाडौं ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।
हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियाे।
तर कोभिड-१९ का बिरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा पुर्‍याइएकाे थियो। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *