अर्थसमाचार

बैंकमा आईपीओ भर्नेको भीड, राष्ट्र बैंकले भन्यो-व्यवस्थापन

नेपाल अखबार,  काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न निर्देशन दिएको छ । आइतबार प्राप्त रिपोर्ट अनुसार बैंकका शाखा कार्यालयहरुमा भीड देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बैंकले तीन जिल्लामा ४ वटामात्रै शाखा खोल्दा धेरै भीड देखिएको बताए । उनले यो भीड व्यवस्थापनका लागि थप केही शाखाहरु सञ्चालनमा ल्याउन पनि भनिएको जानकारी दिए । यद्यपि, सबै शाखाहरु सञ्चालनमा भने नल्याउन भनिएको उनले बताए ।
‘जम्मा ४ वटामात्रै शाखा बैंकले खोलेको रहेछ, थोरै शाखा हुँदा भीड धेरै देखिएकाले थप केही शाखा खोलेर हुन्छ कि कसरी हुन्छ व्यवस्थापन गर्नु भनेका छौं,’ कार्यकारी निर्देशक ढकालले भने । सर्वसाधारणहरु प्रविधिमा अभ्यस्त नहुँदा बैंकका शाखा कार्यालयहरुमा भीड बढेको ढकाल बताउँछन् ।
आइतबार बैंकमा लाइन लाग्नेहरुमा अधिकांश साधारण सेयर भर्नेहरु थिए । लिबर्टी इनर्जी, रिलाइन्स लाइफ र समाज लघुवित्त गरी तीन कम्पनीको आईपीओ खुलेका कारण आइतबार भर्नका लागि सर्वसाधारण बैंकमा नै पुगेका थिए ।
लिबर्टीको आईपीओ भर्ने म्याद आइतबार सकिएको छ भने बाँकी दुई कम्पनीको आईपीओ भर्ने म्याद सोमाबारसम्म छ । आईपीओ भर्नका लागि अहिले घरबाटै सकिन्छ । मेरो सेयर भन्ने सुविधा लिएर घरबाटै भर्न सकिने आईपीओका लागि पनि सर्वसाधारण बैंकमा लाइन लाग्दा जोखिम बढेको ढकालले बताए । साेत अनलाइनबखर

the authoradmin

Leave a Reply