नेपाल अखबार,स्याङ्जा । स्याङ्जामा शव फेला परेकाे छ । जिल्ला प्रहरी स्याङ्जामा मिति २०७७।०३।१८ गते ना ४० प ३७२० न.को बुलेट बाईकमा घरबाट पोखरा तर्फ जाने क्रममा स्याङ्जा चापाकोट नगरपालिका -५ सेखाम बस्ने वर्ष १९को पंकज गिरी उक्त मोटरसाईकलसंगै हराएको भनी जानकारी आएको प्रहरीले बताए ।
उक्त नम्बरको मोटरसाईकलको हुलियासंग मेल खाने, नम्वर प्लेट नभएको बुलेट बाईक फेदीखोला २ भालु पहाड सिद्धार्थ राजमार्गबाट अन्दाजी ४०० मिटर तल सेतीखोलाको खोचमा फेला परेकाे छ ।
माछा मार्ने मानिसहरुले नम्वर प्लेट नभएको बुलेट बाईक देखी प्रहरीलार्इ खबर गरेका थिए ।
उक्त स्थानमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मोटरसाईकल फेला परेको स्थान भन्दा अन्दाजी ३० मिटर माथि पहाडको झ्याङमा कपडा सहितको कंकाल फेला परेको प्रहरीले जानकारी दिए ।
मृतकको शव आफन्तहरुद्वारा पहिचान भएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
Nepal Akhabar > Blog > समाचार > स्याङ्जामा कपडा सहितको कंकाल फेला
