प्रदेश ५समाचारस्वास्थ्य

उपचारकाे क्रममा कोरोना संक्रमित ५५ वर्षिय पुरुषको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, बुटवल  ।  रुपन्देहीमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल  मेडिकल कलेजमा उपचार गराइरहेका गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्ने क्रममा उनको पीसीआर परीक्षण गर्दा ४ दिन अघि कोरोना पोजेटिभ देखिएको आफन्तले बताएका छन् ।
कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएकाले उनलाई भीम अस्पतालमा ल्याएर भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको अस्पताले हो ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । बुटवलको देवीनगरमा घर बनाउदै गर्दा दुई तलाबाट लडेर घाईते भएका हुन् । बुटवलवाट भैरहवा पठाएपछि उपचार गर्दा गर्दे मृत्यु भएको अघिकृत घिमेरेले बताए ।
गैहवाहा ३ ढेउठनियाँ बस्ने  मृत्तकको आफन्तहरु १८ जनालाई होम आइसोलेसनमा राखिएको छ । भने दुई जना कुरुवाको अहिले पिसिआर टेस्टको लागि प्रक्रिया अगाडि बढाइएको छ । शव व्यवस्थानका लागि सेनाले जिम्मा लिएको छ ।

the authoradmin

Leave a Reply