Saturday, May 2

२८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१  जना रहेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *